काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले आफ्नो वंश परम्परा नै राजनीतिमा रहेको बताएका छन् ।
पूर्व मन्त्रीसमेत रहेका उनले आज काठमाडौंमा आफ्नो ८४औँ जन्मदिनका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम राजनीति आफ्नो प्राणमै रहेका उद्घोष गरे ।
आफू दरबारिया सुख सयलमा हुर्किएको र त्यसबेलाको राजनीति गर्न अत्यन्त कठिन रहेको स्मरण गरे। आफूले मुलुकको सम्पूर्ण क्षेत्र डुल्ने मौका पाएको र नेपाली जनताको सुखदुःख बुझ्ने कोशिस गरेको उनले बताए। आफ्नो जीवनको सबैभन्दा बढी उर्जाशिल समय राजनीति नै रहेको बताए।
सांसद जबराले आफूले विभिन्न कालखण्डमा मुलुकको विभिन्न मन्त्रायलको नेतृत्व लिएर जनताको सेवा गर्न मौका पाएको बताए।


