काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन(जी आन्दोलनको छानविन प्रतिवेदन र त्यससँग सम्बन्धित दस्तावेज उपलब्ध गराउन माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा पत्र पठाएका छन्
ओलीको तर्फबाट नेता महेश बर्तौलाले राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेललाई भेटेर निवेदन दिएका हुन्। । पत्रमा उनले आयोगको निर्णय र निष्कर्ष विरोधाभासपूर्ण रहेको टिप्पणी गर्दै सत्यतथ्य थाहा पाउनु आफ्नो अधिकार भएको जिकिर गरेका छन् ।
निवेदनमा भदौ घटनामा भएका प्रदर्शन र त्यसपछि भएको आगजनी, तोडफोड, लुटपाट तथा सरकारी संरचनामाथि आक्रमणजस्ता घटनाबारे आयोगले गरेको छानबिनको पूर्ण प्रतिवेदन माग गरिएको छ। सार्वजनिक भएको प्रतिवेदन तोडमोड गरिएको ओलीको आशंका छ।


