काठमाडौ । अरनिको राजमार्गअन्तर्गत धुलिखेल- खावा सडकखण्डमा १५ दिन राति सवारी आवागमन बन्द गरिने भएको छ।
जिल्ला सुरक्षा समिति, काभ्रेको बैठकले यो सडकखण्डमा असार २२ देखि साउन ४ गतेसम्म रातको समयमा सवारी साधन आवागमन पूर्ण बन्द गर्ने निर्णय गरेको हो।
उक्त सडकखण्ड कालोपत्र गर्ने सम्बन्धमा उल्लिखित अवधिमा टिपर र मालवाहक ठूला ट्रकलाई प्रवेशमा पूर्णतः निषेध गरिनेछ । अरू यात्रुवाहक तथा मालवाहक सवारीसाधनलाई बेलुका ७ देखि बिहान ५ बजेसम्म मात्र प्रवेशमा रोक लगाउने निर्णय गरिएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।


