काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको नेता चयन गर्न निर्वाचन तालिका सार्वजनिक गरेको छ ।
जसपाको निर्वाचन कार्यतालिका अनुसार मनोेनयन दर्ता बुधबार विहान ११ बजेदेखि १२ बजेसम्म हुनेछ भने १२ बजेदेखि दिउँसो १२ः३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, १२ः३० बजेदेखि १ः३० बजेसम्म नाम फिर्ता लिने, १ः३० बजेदेखि दिउँसो २ बजेसम्म दावी विरोध गर्ने र दिउँसो २ बजेदेखि २ः३० बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
२ः३० बजेदेखि ३ः३०सम्म मतदान हुने र साढे ३ बजेपछि मतदानको परिणाम सार्वजनिक गर्ने कार्यक्रम रहेको जसपा संसदीय दलको कार्यालयले जनाएको छ । प्रतिनिधिसभामा जसपाका १२ जना सांसद छन् ।


