काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले नेपाल विद्युत प्राधिकरणले आफूखुसी पोल भाडा बढाएको भन्दै जुनसुकै बेला पनि इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएका छन् ।
सोमबार काठमाडौंमा इन्टरनेट सेवा प्रदायकहरूको संस्था आईस्पान)ले पत्रकार सम्मेलन गर्दै विद्युत् प्राधिकरणले एकतर्फी रुपमा आफूखुसी पोल भाडा बढाएको र आफूहरुको मागका विषयमा पनि कुनै सुनुवाइ नभएकाले जुनसुकै बेला पनि सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएको हो ।
प्राधिकरणको भाडादरको कारण उपभोक्तालाई समेत असर पर्ने भएकाले र डिजिटल नेपालको मर्मविपरीत भएकाले राज्यको उच्चस्तरीय समिति गठन भएर प्रतिवेदन दिएको तर प्राधिकरणले उक्त प्रतिवेदन कार्यान्वयन गर्न नमानेको आईस्पानको आरोप छ ।


