काठमाडौं । नेपाल धितोपत्र बोर्डले सर्वसाधारणको लागि सेयर निष्कासन गर्न माई खोला हाइड्रोपावर लिमिटेडलाई अनुमति दिएको छ ।
बोर्डले फागुन तीन गते यस्तो अनुमति प्रदान गरेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु लिमिटेड क्यापिटल रहेको छ ।
बोर्डबाट कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको १९ लाख २१ हजार ५६८ कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको हो ।


