काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षका नेताहरूको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ।
छलफलमा सहभागी कांग्रेस सांसद प्रतिमा गौतमका अनुसार बैठकमा मन्त्रिपरिषद् विस्तार र उपनिर्वाचनबारे महामन्त्री गगन थापाले नेताहरूलाई जानकारी गराएका थिए।
केही दिनपछि पुनः बैठक गरेर सरकारमा जाने मन्त्रीहरू तय हुने यो पक्षका नेताहरूले बताएका छन्।
इतरपक्षले बिहीबारको छलफलमा तनहुँ र चितवनमा गएर पार्टीका उम्मेदवारलाई उपनिर्वाचनमा जिताउन सक्रिय हुन पनि आफ्ना पक्षका नेताहरूलाई निर्देशन दिएको छ।


