काठमाडौं । गत जेठ १५ गते अर्थमन्त्रीले संसदमा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमाथि आज (मंगलबार) बाट सदनमा सैद्धान्तिक छलफल सुरु हुँदैछ।
दुवै सदन, प्रतिनिधि सभा र राष्ट्रि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
त्यस्तै, आर्थिक वर्ष २०७९र८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
प्रमुख प्रतिपक्ष एमालेले भने बजेटको संसद्मै भण्डाफोर गर्ने जनाएको छ। सोमबार बसेको एमाले संसदीय दलको बैठमा अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले अनुचित ढंगले बजेट ल्याएको उल्लेख गर्दै त्यसको भण्डाफोर गर्न सांसदहरुलाई निर्देशन दिएका थिए।