काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी भएका नयाँ मन्त्रीहरूलाई विकृति विसंगतिमा नफस्न र सेवा प्रवाह चुस्तदुरुस्त बनाउन निर्देशन दिएका छन् । उनले बुधबार पार्टी केन्द्रीय कार्यालयमा बोलाएर सरकार सञ्चालनबारे प्रशिक्षणमूलक निर्देशन दिएका हुन् ।
नेपालले जनतामा सकारात्मक छाप पर्ने गरी र पार्टीको शिर उँचो हुने गरी काममा खटिन मन्त्रीहरूलाई निर्देशन दिएका छन् । अध्यक्ष नेपालले पार्टी र सरकारको इज्जत बढाउने गरी पारदर्शी रूपमा काम गर्नसमेत निर्देशन दिएका हुन् ।