बाह्रबिसे । सत्ता गठबन्धनबाट प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी नेतृ मनकुमारी खड्का (मसिना) ले आफ्नो जित सुनिश्चित रहेको दावी गरेकी छिन् ।
विगत लामो समयदेखि पार्टीको विभिन्न तहमा रहेर काम गरेकी खड्का कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत निकट मानिन्छिन् । उनी नेपाली कांग्रेस उद्योग तथा ब्यापार विभागमा केन्द्रीय सदस्यका साथै बागमती प्रदेशको कार्यसमिति सदस्य पनि समेत हुन् । यसका अलावा उनी विभिन्न सामाजिक संघसस्थामा समेत आवद्ध छिन् । उनी आफ्नै निजी ब्यापार ब्यवसायमा संलग्न छिन् ।
आफू सत्ता गठबन्धनकको साझा उम्मेदवार भएकोले जित सुनिश्चित रहेको दावी गरिन् । उनले आफू विगत आमो समयदेखि यस क्षेत्रको सामाजिक काममा समेत सक्रिय रहेकाले पनि सबैसामु परिचित भएको बताइन् । प्रदेश सभा(क) मा भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिका पर्दछन् भने जम्मा मतदाता ६६ हजार ७ सय ५५ रहेका छन् ।


