काठमाडौं । यामलाल कँडेल नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको नेतमा सर्वसम्मत चयन भएका छन्। एमाले कर्णाली प्रदेशको आज बसेको बैठकले कँडेललाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो।
कँडेल सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ प्रदेश सभा (१)बाट निर्वाचित सांसद हुन्। कँडेल २०७४ को निर्वाचनमा पनि प्रदेश सभामा निर्वाचित भएका थिए। कँडेल नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज समेत हुन्।


