काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले प्रस्ताव गरेको उम्मेदवार नै राष्ट्रपति बन्ने दाबी गरेका छन् । महान्त्री शर्माले आइतबार सुर्खेतमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
नेपाल कांग्रेस संसदको सबैभन्दा ठूलो दल भएको र फागुन २५ गते राष्ट्रपतिका लागि निर्वाचनमा कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भएको समाचार सुन्न पाउने महामन्त्री शर्माले बताए ।
‘नेपाली कांग्रेस संसदको सबैभन्दा ठूलो दल भएका कारण पनि कांग्रेसले उठाएको उम्मेदवार राष्ट्रपति हुनेछ ।’ उनले भने, ‘यस्तै आफ्नै कारण कांग्रेसले सत्ताबाहिर आउनुपरेको भन्दै यसमा कोही कसैलाई दोष दिन हुँदैन।’