काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक आज अपरान्ह ३ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
कांग्रेसमा केन्द्रीय समिति नबसेको बेला केन्द्रीय समितिले गर्न सक्ने काम कार्यसम्पादन समितिले गर्ने गर्छ। कार्यसम्पादन समितिका निर्णय पछि बस्ने केन्द्रीय समितिबाट अनुमोदन हुने हुनुपर्दछ।
कांग्रेसले प्रतिनिधि सभामा ८९ सिट जितेको छ। कांग्रेसमा अब संसदीय दलको नेता छान्न चुनाव गर्ने कि सहमतिबाट गर्ने भन्ने छलफल हुनेछ। कांग्रेसले आगामी सरकार पनि आफ्नो नेतृत्वमा गठन हुने दावी गरिरहेको बेला आज बस्ने लागेको बैठकलाई निकै चासोका साथ हेरिएको छ । अर्को कुरा संसदीय दलको नेतामा पनि धेरै नेताले आकांक्षा देखाएपछि यो विषय पनि थप पेचिलो बन्दै गएको छ ।


