काठमाडौं । नेकपा (माओवादी केन्द्र)को अध्यक्षमा पुनः चुनिएकोमा पुष्पकमल दाहल प्रचण्डलाई अमेरिकाले बधाई तथा शुभकामना दिएको छ ।नेपालस्थित अमेरिकी दूतावासले प्रचण्डलाई बधाई दिएको हो ।
अमेरिका विश्वभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको पनि दूतावासले जनाएको छ ।
एमसीसी परियोजना जसरी पनि नेपालमा लागू गराउने अमेरिकी योजना छ । त्यसकारण पनि उसले बधाई दिनुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।