काठमाडौं । नेत्र विक्रमचन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)का प्रवक्ता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ ।
बुधबार बिहान गृहमन्त्रालयमा गृहमन्त्री खाण र प्रकाण्डबीच भेटवार्ता भएको हो । यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने र बन्दीहरुको रिहाई लगायतका विषयमा छलफल भएको नेकपाका प्रवक्ता प्रकाण्डले जानकारी दिए । भेटमा गृह सचिव टेकनारायण पाण्डे र मन्त्रालयका सहसचिव फणिन्द्र्मणी पोख्रेलपनि सहभागी थिए । नेकपा अघिल्लो सरकारसँग तीन बुँदे सहमति गरेका थिए । जसमा कार्यकर्ता रिहाइ पनि समावेश थियो । यस विषयलाई लिएर प्रकाण्ड र खाँणबीच धेरै पटक छलफल भइसकेको छ ।