काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा विशेष अदालतले तत्कालीन सिनियर डिभिजनल इन्जिनियर काशीप्रसाद गुप्तालाई दोषी ठहर गरेको छ ।
न्यायाधीशत्रय खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला सुनाएको हो । अदालतले गुप्तालाई नौ महिना कैद हुने जनाएको छ ।
गुप्ता २०३८ सालदेखि ओभरसियरका रूपमा सार्वजनिक सेवामा प्रवेश गरेका थिए। पुस २०७७ सम्मको अवधिमा उनले १६ करोड ७२ लाख रुपैयाँभन्दा बढी गैरकानुनी रूपमा आर्जन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानले देखाएको थियो।
यति नै रकम बिगो भराउने तथा दुई करोड १६ लाखभन्दा बढी रकम नै जरिवाना तिराउने फैसला गरेको छ। अख्तियारले २५ भदौ २०७७ मा गुप्तासमेत १३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।


