काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मध्यपहाडी लोकमार्गको झुलाझाट– चिवाभञ्ज्याङ यात्रा सफल भएको दावी गरेका छन् । पूर्व प्रधानमन्त्री ओलीले आइतबार यात्राबारे जानकारी दिन पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो दावी गरेका हुन् ।
उनले यात्राका क्रममा स्थानीय समस्याबारे गम्भीर विचार विमर्श भएको बताए । उनले समाजमा स्थापित गर्न खोजिएको गतल भाष्य तोडिएको बताए ।
“अनेक प्रकारका भाष्यहरू तयार गर्न खोजिएको थियो । हुनत त्यस्ता भाष्य कहिले तयार गर्न खोजिएको हुन्छ,” ओलीले भने, “अहिले पनि राणा शासन नै राम्रो थ्यो भन्ने भेटिन्छन् । पञ्चायत राम्रोथ्यो भन्ने भेटिन्छन् । गलत भाष्यलाई चिर्न र नयाँ सही भाष्य स्थापित गर्न यो यात्रा सफल भएको छ । हामी सफल भएका छौँ ।”