काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तीनै तहका सरकार सञ्चालन गर्न आवश्यक कानून बनाउनुपर्ने बताएका छन् ।
उनले आइतबार नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रथम महिला नेतृ मंगलादेवी सिंहको २७ औं स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित माल्यार्पण कार्यक्रममा संघले आवश्यक कानूनहरु निर्माण गरे स्थानीय तहले पूर्ण रुपमा आफ्ना काम, कारबाहीहरु अघि बढाउन सक्ने उल्लेख गरे ।
उनले पछिल्लो सयम युवाहरु देश छोडेर पलायन भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै सरकारले युवाहरुलाई स्वदेशमै काम गरेर खाने वातावरण मिलाउनुपर्ने बताए । उनले सरकार र सबै राजनीतिक दलहरुले यसबारे गम्भीर भएर सोच्नुपर्ने बताए ।


