काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको निर्वाचनअन्तर्गत मतदानमा सहभागी भएर फर्किने क्रममा उनीविरुद्ध नाराबाजी गर्ने एक युवकमाथि हातपात भएको छ ।
देउवा मुर्दावाद भन्दै नाराबाजी गरिरहेका युवकमाथि हातपात भएको हो । नाराबाजी गर्ने युवक देउवाकै गृहजिल्ला डडेल्धुराका रहेको बताइएको छ ।
कांग्रेसको जिल्ला अधिवेशन एकलौटी गरेको भन्दै डडेल्धुरामा निवर्तमान सभापति कर्ण मल्ल पक्ष देउवाविरुद्ध आन्दोलनमा उत्रेको थियो ।