काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रविरुद्ध महाअभियोग सिफारिस समितिले आज उनीसँग बयान लिँदै छ । भदौ ७ गते बसेको समितिको बैठकले जबरालाई बयानका लागि आजलाई बोलाउने निर्णय गरेको थियो ।
समिति सदस्य लालबाबु पण्डितका अनुसार समितिले आन्तरिक कार्यविधि पारित गरेको छ । कार्यतालिकासमेत संशोधनसहित पारित गरिएको छ ।
यसैबीच, महाभियोग सिफारिस समितिले जबराविरुद्ध प्रमाण, कागजात तथा जानकारी भए उपलब्ध गराउन आग्रह गरेको थियो । संघीय संसदले भदौ १० गते सार्वजनिक सूचना जारी गर्दै तीन दिनभित्र समितिमा आइपुग्ने गरी राणविरुद्ध कुनै प्रमाण, कागजात तथा जानकारी भए उपलब्ध गराउन अनुरोध गरेको थियो ।


