काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज बस्दैछ।
प्रवक्ता डाक्टर प्रकाशरण महतका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे सुरु हुनेछ ।
बैठकमा मुख्यगरी उम्मेदवारको सिफारिस, छनोट तथा गठबन्धनको साझा उमेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुने बताइएको छ ।
कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरेको छ। कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नगरपालिका र गाउँपालिकाका उमेदवारको टुंगो लगाउने जिम्मा सहमहामन्त्रीहरुलाई दिएको छ ।