काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले काठमाडौं पूर्वका १३ जिल्ला जाने सार्वजनिक सवारी जडिबुटिबाट छुट्नुपर्ने बताएका छन् ।
सिन्धुपाल्चोक १ बाट निर्वाचित सांसद सापकोटाले शुक्रबार प्रतिनिधि सभाको शुन्य समयमा धारणा राख्दै काठमाडौं पूर्वका सिन्धुपाल्चोक, काभ्रे, दोलखा रामेछाप लगायतका १३ जिल्लाका लागि जडिबुटिबाटै बस सञ्चालन हुनु पर्ने बताएका हुन्।
सम्बोधनका क्रममा उनले भने ‘लामो समयदेखि यात्रुरुहरुलाई सेवा दिइरहेका पूर्व अरनिको यातायात पहिले रत्नपाकस्थित पुरानो बसपार्कबाट सेवा दिइरहेको थियो,। ०७३ सालदेखि त्यहाँ महानगरको टावर निर्माण भइरहेको छ, केही समय टुँडीखेलमा बसपार्क सर्यो, अहिले ती बसलाई कतै पार्क छैन। यात्रु र मजदुरलाई निकै हैरानी छ।’
उनले हालै काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर चल्ने यातायातलाई गोंगबुबाटै सेवा सञ्चालन गर्न गरेको सूचना अव्यवहारिक भएको बताए।


