काठमाडौं । गृह मन्त्रालयले प्रशासन सुधारका लागि पूर्वमुख्यसचिव लीलामणि पौडेलको संयोजकत्वमा १० सदस्यीय अध्ययन समिति गठन गरेको छ।
समितिका अन्य सदस्यहरुमा शरदचन्द्र पौड्याल, शंकरप्रसाद कोइराला, लक्ष्मीप्रसाद ढकाल, डा. खंग केसी, प्रकाश अर्याल, सिंहबहादुर श्रेष्ठ, डा. विन्दु पोखरेल, विजय गौतम र सदस्यसचिवका रूपमा नीति योजना महाशाखाका सहसचिव रहने व्यवस्था गरिएको छ।


