काठमाडौं । मंगलबार प्रतिनिधि सभाको बैठक बस्दै छ।
बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ।
आजको बैठकमा गृह मन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ भने कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधन र बिउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।


