काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रतिपक्षको पनि कुरा सुन्ने सभामुख चाहिएको बताएका छन् ।
उनले बिहीबार प्रतिनिधिसभामा सभामुखका उम्मेदवार नेकपा एमालेका देवराज घिमिरेलाई समर्थन गर्दै सभामुखले प्रतिपक्षको कुरा पनि सुन्नुपर्ने बताएका हुन् ।
‘सभामुखहरुमा आफूलाई चयन गरेको, सरकारको पक्ष छ भने मौन भएर बस्ने प्रतिपक्षले जस्तो राम्रो प्रस्ताव ल्याए पनि अवज्ञा गनेै प्रवृत्ति देखिएको छ’ उनले भने, ‘अब बन्ने सभामुखबाट हामीले त्यस्तो अपेक्षा गर्दैैनौं, र सभामुखले सबैको कुरा सुन्नुहुनेछ ।’


