काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशको धार्मिकस्थल बनारस पुगेका छन् । देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका छन् । त्यहाँ देउवाले काशी विश्वनाथको मन्दिर दर्शन गर्नेछन् ।
विशेष विमानबाट देउवाबाट देउवा बनारस पुगेका हुन् । प्रधानमन्त्री देउवा तीन दिने भ्रमणका लागि गत शुक्रबार भारत गएका थिए । उनी आजै साँझ काठमाडौं फर्कने तालिका रहेको छ ।