काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उत्तरी छिमेकी देश चीनले बधाई दिएको छ ।
काठमाडौंस्थित चिनियाँ दूतावासले ट्वीटमार्फत प्रचण्डलाई नेपालको ४४ औँ प्रधानमन्त्री भएकोमा बधाई दिएको हो।
प्रचण्ड आइतबार नेकपा (एमाले) सहित ६ दलको समर्थनमा प्रधानमन्त्री बनेको हुन्। उनले आज अपराह्न सपथ लिने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीमा नियुक्त भएका उनलाई पहिलो बधाई चीनबाट आएको हो ।


