काठमाडौं । आज बिहान २ बजेर ३६ मिनेटमा भक्तपुर जिल्लाको चाँगुनारायण केन्द्रबिन्दु भएर भूकम्पको कडा धक्का महसुस भएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ४.७ म्याग्निच्यूडको यो भूकम्पको केन्द्रबिन्दु भक्तपुरको चाँगुनारायण आसपासको क्षेत्र रहेको केन्द्रले जानकारी दिएको छ।
रातिको समयमा करिब ४ सेकेन्डसम्म भूकम्पको कडा धक्का महसुस भएपछि निदाइरहेका मानिसहरू उठेर घरबाहिर निस्किएका थिए ।
२०७२ वैशाख १२ गतेको शक्तिशाली गोरखा भूकम्पयता लगातार सानाठूला धक्का महसुस हुने गरेका छन्।