काठमाडौं । फेसबुक, युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालमा सर्वाधिक लोकप्रिय पुण्य गौतमले राजनीतिमा फड्को मारेका छन् । गौतम नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटिमा चयन भएका हुन् ।
गौतमले आफू नेकपा एसको केन्द्रीय सदस्य बनेको कुरा सामाजिक सञ्जाल फेसबुक मार्फत बताएका छन् । गौतमले आफूलाई केन्द्रीय कमिटिमा मनोनयन गरेकामा पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधव नेपाललाई धन्यवाद दिएका छन्।
आफ्नो फेसबुक स्टाटसमा उनले लेखेका छन्ः ‘मलाई नेकपा एकीकृत समाजवादीको केन्द्रिय स।कमिटी सदस्यको जिम्मेवारी दिनुभएकोमा श्रद्धेय अध्यक्ष एवं सम्माननिय पुर्व प्रधानमन्त्री क।माधव नेपाल र हाम्रो पार्टीप्रती हार्दिक आभारी छु’