काठमाडौं । जल तथा मौसम विभागले नेपालमा ‘मोखा’ नामक चक्रवातको प्रभाव नरहेको जनाएको छ ।
बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको छ ।
उक्त चक्रवात उत्तर–उत्तर–पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको हुनाले नेपालमा यसको उल्लेखनीय प्रभाव नरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


