काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिको उम्मेदवारबारे सबै राजनीतिक दलले सुझबुझ तरिकाले निर्णय लिनुपर्ने बताएका छन्। उनले मंगलबार धनगढीमा समाजवादी प्रेस सङ्गठन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
‘राष्ट्रपतिको निर्वाचन भनेको महत्वपूर्ण विषय हो। यसमा सबै राजनीतिक दलले सुझबुझ, दूरदर्शिता, संविधानको मर्म र भावनाका साथ राम्रो व्यक्तित्वलाई पदमा पुर्याउनुपर्छ’, उनले भने, ‘त्यसका लागि सबै पार्टीले राम्रोसँग समन्वयका साथ अघि बढ्नुपर्छ।’
उनले राजनीतिक दलहरूबीच हुने सहमतिका आधारमा आवश्यक परेमा आफ्नो पार्टीले पनि राष्ट्रपतिमा उम्मेदवार उठाउने उल्लेख गरे।


