काठमाडौं। टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको सजाय माफीका लागि फाइल राष्ट्रपति कार्यालयमा पुगेको छ ।
चौधरीलाई जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिमार्फत सजाय माफी गराउने तयारी स्वरुप फाइल राष्ट्रपति कार्यालयमा पठाइएको हो । त्यसका लागि बुधबार राष्ट्रपति कार्यालयको कानुन शाखामा चौधरीको सजाय माफी सम्बन्धी २० वटा फाइल पुगेको राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरले बताए ।
उनले भने, ‘रेशम चौधरीजीको माफीको निम्ति राष्ट्रपति कार्यालयमा हिजो अबेर फाइलहरू आएको छ भनेर मलाई कानुनको सहसचिवज्यूले जानकारी गराउनु भएको थियो ।’