काठमाडौं । नेकपा (एमाले) ले आज देशको अहिलेको आर्थिक अवस्थाबारे आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।
एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार दिउँसो साढे १२ बजे ललितपुरको होटल हिमालयमा पत्रकार सम्मेलन गरिने जानकारी दिएको हुन् ।कार्यक्रममा एमालेका नेतासमेत रहेका पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडा सहभागी हुने छन् ।
अर्थतन्त्र संकट उन्मुख रहेका बेला सरकारले हालै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गरेको थियो । सोही सन्दर्भ पारेर एमालेले धारणा सार्वजनिक गर्न लागेको हो ।