काठमाडौं । आगामी सरकार गठन गर्ने समय नजिकिएसँगै नेपाली कांग्रेसले आज संसदीय दलको निर्वाचन मिति तय गर्ने भएको छ। सहमहामन्त्री भीष्मराज आङदेम्बे नेतृत्वको निर्वाचन समितिले दलको निर्वाचनको मिति निर्धारण गरेको हो।
समितिका सदस्य प्रकाश स्नेहीका अनुसार बैठक बिहान साढे ८ बजे बस्ने तय भएको छ । बैठकले निर्वाचन हुने मिति र स्थान तय गर्नेछ। कांग्रेस महामन्त्री गगनकुमार थापा, सभापति शेरबहादुर देउवा र अन्य केही नेताले समेत संसदीय दलको नेतामा आकांक्षा देखाएपछि यसलाई निकै चासोका साथ हेरिएको छ ।


