काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। उसले सोमबार दिउँसो ३ बजे बानेश्वरस्थित पार्टी कार्यालयमा कार्यक्रम गरेर घोषणापत्र सार्वजनिक गर्न लागेको महासचिव बेदुराम भुसालले बताए ।
नेकपा एमालेबाट अलग भएर निर्माण भएको पार्टी पहिलोपटक प्रतिनिधि सभाको निर्वाचनमा भाग लिन लागेको हो। वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनपछि दोस्रो पटक निर्वाचनको मैदानमा आफ्ना उम्मेदबार लिएर एकिकृत समाजवादी जाँदै छ।
नेपाली कांग्रेससहितको सत्ता गठबन्धनभित्र रहेको समाजवादीले उपमहासचिवहरु प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेललाई घोषणापत्र निर्माणको जिम्मेवारी दिएको थियो।
समाजवादीले घोषणपत्रको नारा ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक समाजिक रुपान्तरण र समृद्धि समाजवादको आधार’ तय गरेको छ। यही नाराभित्र रहेर घोषणापत्र आउने भुसालले बताए।


