काठमाडौं । अस्पतालबाट डिस्चार्ज हुने बित्तिकै माधव नेपालले दिएको अभिब्यक्तिले गठबन्धनभित्र विवाद झन् चर्किएको छ । ६ दिन अस्पताल बसेर आज घर फर्किएका नेपाल आफू बिरामी भएर अस्पतालमा भर्ना हुँदासमेत प्रधानमन्त्री शेरबहादुर देउवा भेट्नसमेत नआएको भन्दै असन्तुष्टि ब्यक्त गरेका हुन् ।
।उनी अस्पतालमै भएको बेला प्रधानमन्त्री देउवा भेट्न जान लागेको भन्ने समाचार आएका थिए । खासगरी नेकपा(एकीकृत समाजवादीं का महासचिव डा. वेदुराम भुषालले पनि प्रधानमन्त्री देउवा अध्यक्ष नेपाललाई भेट्न जान लागेको कुरा सञ्चारकमीलई बताएका थिए ।
तर, अस्पताल बसाईको क्रममा प्रधानमन्त्री देउवा एक दिन पनि अस्पताल नगएको बरु उनले सरकारको तर्फबाट कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई पठाएका थिए । हुन त अध्यक्ष नेपालको सचिवालयले चिकित्सकहरुले नै भेटघाट बन्द गराएको भन्ने प्रतिक्रिया दिएको थियो । त्यही भएर भेटघाट बन्द गरिएको थियो ।
चिकित्सकहरूले अध्यक्ष नेपाललाई केही दिन घरमै आराम गर्न भनेका छन्। पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपाललाई त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा। सन्तकुमार दास नेतृत्वको टोलीले उपचार गरेको थियो ।सत्ता गठबन्धनका अर्का नेता तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आजै बेलुकासम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताइरहेका बेला माधव नेपालले यस्तो असन्तुष्टिले ब्यक्त गरेपछि सत्ता गठबन्धनभित्रै तिक्तता सुरु भएको आँकलन गरिएको छ ।
ृ