काठमाडौं । हुम्लामा नेकपा (माओवादी केन्द्र) का छिरिङ डम्दुल लामा (कार्चेन लामा) निर्वाचित भएका छन् ।
उनी १४ हजार ३७१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दल रावलले ९ हजार ५१६ मत पाए भने राप्रपाका तेजबहादुर रावतले ३७९ मत प्राप्त गरे ।
लामा प्रदेश सांसद नभए पनि यसअघि कर्णाली प्रदेशमा ६ महिना मन्त्री भएका थिए । यस निर्वाचन क्षेत्रमा यसअघि स्वतन्त्रका छक्क बहादुर लामा निर्वाचित भएका थिए । उनी अहिले नेकपा एमालेमा प्रवेश गरेका छन् ।


