काठमाडौं । इलाम क्षेत्र नं २ प्रतिनिधिसभाका उम्मेदवार रहेका नेकपा (एमाले) का उपाध्यक्ष तथा सुवासचन्द्र नेम्वाङले संसदीय प्रणालीमा विश्वास गर्ने एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् ।
उनले बुधबार इलाम नगरपालिका–९ वडा कमिटीले आयोजना गरेको चुनाव प्रसार–प्रचार कार्यक्रमलाई सम्बोधन गर्दै देशव्यापीरूपमा आफ्ना एजेण्डासहित एमाले हाल जनताका घर–घरमा पुगेको जानकारी दिए ।
निर्वाचनबाट जनताले काम गर्नसक्ने सरकार बनाउने उनको दाबी छ । नेता नेम्वाङले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुँदासमेत सरकार चुप लागेर बसेको आरोप लगाए । उनले आफ्नो पार्टीले घोषणापत्र सार्वजनिक गरिसकेको बताउँदै सोहीअनुसार अघि बढ्ने बताए ।


