काठमाडौं । आज दिउँसो २ बजे बागमती प्रदेशसभाको बैठक बस्ने भएको छ । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार आज बस्ने बैठकमा गत असार १ गते प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९र८० का लागि प्रस्तुत भएको बजेटमाथि छलफल हुनेछ ।
नेकपा एमालेले प्रदेशसभा बैठकमा सरकारले प्रस्तुत गरेको आवको बजेटमाथि संशोधन गरियोस् भनी प्रस्ताव दर्ता गर्ने प्रदेशसभा सदस्य रामेश्वर फुँयालले जानकारी दिए ।
प्रदेश सरकारले आगामी आवका लागि कुल ७० अर्ब ९३ करोड अनुमानित बजेट सार्वजनिक गरेको छ ।


