काठमाडौं । आज देशका केही प्रदेशमा हल्का हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले आज कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको जनाएको छ ।
विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।


