काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक आज पनि जारी रहने छ । गत शुक्रबारदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको बैठकमा सदस्यहरूले बोल्ने क्रम जारी रहेको छ । पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठक आज बिहान ९ बजे सुरु हुने हुनेछ ।
बैठकमा समसामयिक घटनाक्रम, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीतिमा छलफल केन्द्रित गरिएको बैठकमा हिजो सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, उपमहासचिवद्वय डा. विजय पौडेल र डा. गङ्गालाल तुलाधरले आफ्ना धारणा राखेका थिए ।


