काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा वर्षा तथा हावाहुरीको सम्भावना रहेको जनाएको छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुुसार आइतबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थान तथा मधेश प्रदेशका एक वा दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
मौसमविद्का अनुसार १० मिलिमिटरसम्म पानी पर्नुलाई हल्का वर्षा तथा १० देखि माथि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा मानिन्छ। ‘आज अपराह्न काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना देखिएको छ’, महाशाखाका मौसमविद् गोविन्द झाले भने।


