काठमाडौं । देशभर आज पनि वर्षा हुनसक्ने मौसम विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार अहिले देशभर मौसम बदली भएको छ भने सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
मौसम महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसमविद् पौडेलले जानकारी दिए। ‘तत्कालै वर्षा हुने नदेखिए पनि बिहान १०र११ बजेपछि काठमाडौँमा पानी पर्ने सम्भावना छ’, उनले भने, ‘पानी पर्ने रोकिने, फेरि पर्ने हुने देखिन्छ।’


