काठमाडौं । पछिल्लो घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।
बैठक आज बिहान १० बजे सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने तय भएको छ ।
बैठकमा जाजरकोटको भूकम्प, कोशी प्रदेश सरकारको अवस्था तथा समसामयिक विषयमा छलफल हुनेछ ।
केन्द्रीय समिति बैठक तत्काल बस्न सम्भव नभएको बेला कार्यसम्पादन समितिले आवश्यक निर्णय लिन सक्ने विधानको व्यवस्था छ।


