काठमाडौं । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो प्रतिपस्र्धीभन्दा दोब्बर मतान्तरका साथ अग्रस्थानका छन्।
पछिल्लो मतपरिणाम अनुसार देउवाले ५ हजार ७८७ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार सागर ढकालले २ हजार ७९७ मत प्राप्त गरेका छन्। यसैगरी नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्ल १ हजार ६९० मत सहित तेस्रो स्थानमा छन्। नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा २०४८ सालदेखि नै डडेलधुराबाट निरन्तर विजयी हुँदै आएका छन् ।


