काठमाडौं । गएराति आएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ ।
सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले ् पहिरो पन्छाउन अझै पाँच–छ घण्टा लाग्ने जानकारी दिए ।
रातभर पहिरो पन्छाउने काम गरिएको भए पनि अहिलेसम्म ३० प्रतिशतमात्र काम भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । उनका अनुसार चार मेसिन पहिरो पन्छाउन प्रयोग भए पनि साँघुरो भएका कारण आलोपालो चलेका छन् । रातभर काम निरन्तर भएको तामाङले बताए ।
गन्तव्यमा हिँडेका सवारीसाधन र यात्रु रातभर बाटोमै रोकिएका छन् ।


