काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उपस्थित नभएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन्।
समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सहित अमेरिका भ्रमणका विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री देउवालाई बोलाउन निर्देशन दिएको थियो।
तर देउवा आइतबारको बैठकमा उपस्थित भएनन्। प्रधानमन्त्री बैठकमा उपस्थित नभएपछि खेद प्रस्तावको माग गरिएको छ। बैठकमा एमाले सांसद भीम रावलले बिरामी, विदेश भ्रमण वा अन्य जरूरी कुरा नभइ अनुपस्थित नहुनु संसदीय गरिमाको अवमूल्यन हुने बताएका थिए।


