काठमाडौं । गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सम्पूर्ण नतिजा आइनसक्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग र भारतीय राजदूत नविन श्रीवास्तवले भेटवार्ता गरेका छन् । उनीहरुबीच शुक्रबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीले भेटघाट नियमित प्रकृतिको भएको र समसामयिक विषयमा छलफल भएको बताए । ‘प्रधानमन्त्री चुनावका कार्यक्रममा लामो समयदेखि व्यस्त भएपछि भेट हुन पाएको थिएन । चुनावअघि आचारसंहिताका कारण कूटनीतिक वृत्तसँग भेट हुन सकेको थिएन । अहिले मतदान सकिएपछि भेट भएको हो,’ उनले भने, ‘भेटमा नेपाल भारत सम्बन्ध, समसामयिक विषयमा छलफल भएको हुनसक्छ ।’


