काठमाडौं । नयाँ सरकार गठन गर्ने छलफल भइरहेको ओली निवास बालकोटमा जनमत पार्टीका अध्यक्ष सिके राउत पनि पुगेका छन् ।
बालकोट बैठकमा सहभागी भएका नेताहरुले आग्रह गरेपछि उनी बैठकमा सरिक हुन गएका हुन् । राउत नेतृत्वको जनमत पार्टीसँग ६ सांसद छन् । बालकोटमा एमालेसहित माओवादी, राप्रपा, रास्वपाका अध्यक्षहरुबीच छलफल जारी छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम आइतबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेस गर्न समय दिएकी छिन् ।


