काठमाडौं । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेट गरेका छन् । उनीहरुबीच बुधबार दिउँसो मन्त्रालयमा नै भेट भएको हो ।
भेटका क्रममा राजदूत श्रीवास्तवले भारत सरकार, भारतीय जनताका तर्फबाट सफल कार्यकालको शुभकमना तथा बधाई दिएको मन्त्री श्रेष्ठका स्वकीय सचिव विजय गौतमले बताए ।
भेटका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने दिशामा रहेकोमा उक्त लक्ष्य हासिल गर्न भारत सरकारको सहयोग हुने विश्वास व्यक्त गरेका छन् ।


